वैकल्पिक लाइनबाट मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति, चार जलविद्युत् आयोजना अझै बन्द

बाढीपहिरोबाट क्षतिग्रस्त प्रसारण तथा वितरण लाइन मर्मत गरी मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ। दाना सबस्टेसनबाट तत्काल आपूर्ति सम्भव नभएपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक ३३ केभी लाइनमार्फत सेवा सञ्चालन गरेको हो। असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा दाना–खुर्कोट २२० केभी […]