भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगमा कारागारमा रहेका कैदीबन्दीसमेत जुटेका छन्। कैदीबन्दीले आफ्नै आर्थिक सहयोग र श्रमदानबाट तीन लाख ६७ हजार ३६ रुपैयाँ बराबरका बन्दोबस्ती सामग्री तयार गरी बाढी प्रभावितका लागि उपलब्ध गराएका हुन्। कैदीबन्दीले सोमबार कारागार परिसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ती सामग्री हस्तान्तरण गरेका छन्। सहयोगअन्तर्गत डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, […]