नाइमा बहस ३ः अटो फाइनान्सिङमा बढ्दै कर्जा, ईभीमा ८० प्रतिशतसम्म सुविधा

नेपालमा हायर पर्चेज कर्जा गत वर्षको तुलनामा १० प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। अटो फाइनान्सिङ विस्तार हुँदै गए पनि तत्काल यस क्षेत्रमा ‘क्रेडिट बबल’को जोखिम नदेखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी […]