बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षमा दुई लाख १२ हजारभन्दा बढीलाई सेवा

चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई सेवा प्रदान गरेको छ। अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसर पारेर हरेक वर्ष असोज १० गते यस्तो तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ।  कुल बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी रहेका छन् भने बाँकी पुराना […]