निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क ४० अर्ब नाघ्यो, १५ प्रतिशतले व्यवसाय वृद्धि

नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म उल्लेखनीय वृद्धि गर्दै कुल बीमाशुल्क आर्जन ४० अर्ब रुपैयाँभन्दा माथि पुर्‍याएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा ४० अर्ब २९ करोड ५७ लाख ७३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव […]