माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो । माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा […]