काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो सिंहदरबारमा शपथ लिएका छन् । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सिंहदरबारस्थित नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराए । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा […]