पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वडीजी सञ्जिव गौतम पुर्पक्षका लागि जेल चलान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जिव गौतम पुर्पक्षका लागि जेल चलान भएका छन्। विशेष अदालतले सोमबार गौतमलाई अदालतमा उपस्थित गराएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ को इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको थप […]