काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन गरेका छन् । अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभा हलका साथै विभिन्न संरचनाको अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संसद् बैठक बस्ने कक्ष तयार नहुँदा मल्टिपर्पोज हललाई तयार गर्न लागिएको छ । अध्यक्ष दाहालले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहणका […]