उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।  उपचारका क्रममा बिहीबार राति अस्मिताको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका […]