गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

पर्वत– पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ ।  गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वडा नं ६ तिलाहारस्थित पहरेमा चिस्यान केन्द्र निर्माण गरिएको हो ।  निर्माण भएको करिब एक वर्षको यान्त्रिक परीक्षणपछि आइतबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकले कृषिउपज भण्डारण गर्न थालेको मोदी […]