नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा दुई जनालाई बढुवा गरेको छ। केन्द्रीय कार्यालयको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन सहित) बमोजिम निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकारीहरूलाई बढुवा गरिएको हो। बढुवा हुनेमा हिम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा रहेका […]