बागमती– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाइँलाई आफ्नो राजिनामा पत्र बुझाएका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।