आङथार्के : जसले देश चिनाए, तर देशले चिनेन

२ जुन १९५० (२० जेठ २००७) पाँचौँ शिविर, अन्नपूर्ण हिमाल (७,४९८ मिटर) फ्रान्सेली पर्वतारोही मोरिस हेर्जोग र लुइ लासनाल अन्नपूर्ण हिमालको पाँचौँ शिविरमा थिए। उनीहरू भोलिपल्ट बिहान शिखर आरोहणका लागि उकालो लाग्दै थिए। आरोहण टोलीका प्रमुख हेर्जोग सोही पर्वतारोहण अभियानका सरदार आङथार्के शेर्पालाई शिखरसम्म सँगै लैजान चाहन्थे। हेर्जोगले भने, “आङथार्के, तिमी सरदार मात्रै होइनौ, सबै […]