गोरखामा बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी

गोरखामा दुई वटा ठूला जलविद्युत् आयोजना बूढीगण्डकी ‘क’ र बूढीगण्डकी ‘ख’ निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। क्रमशः १०३ दशमलव ४ मेगावाट र २२६ मेगावाट क्षमताका यी आयोजनाको प्रवर्द्धन नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले गर्न लागेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले जानकारी दिएका छन्। इञ्जिनियर मगरका अनुसार बूढीगण्डकी ‘क’ आयोजना निर्माणका लागि करिब ३१ अर्ब […]