काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै छ । बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा दिउँसो १२ बजे भृकुटीमण्डमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपाका अनुसार नेताकार्यकर्ताहरू सुनधारा, न्युरोड, रत्नपार्कमा जम्मा भएर बागबजार, पुतली सडक, पद्मोदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । सभामा ५० […]