काठमाडौं– नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । बुधबार महाधिवेशनस्थल भृकुटिमण्डपमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् । उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । […]