काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको बताएका छन्। यो निर्वाचन सामान्य निर्वाचन नभएको स्पष्ट गर्दै पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका उपाध्यक्ष ‘बादल’ले देशभक्त र देशद्रोहीहरूबीचको सङ्घर्ष भएको बताए । प्रवासी नेपाली संघ, भारतको केन्द्रीय समितिको […]