देउवा समूहले संस्थापनले गरेको निर्णय नमान्ने

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर विवाद थप चर्किएको छ। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णय शेरबहादुर देउवा समूहले नमान्ने भएकाे छ। सोमबार बिहान देउवा निवास चुनदेवीमा बसेको बैठकले पुसमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको कार्यसम्पादन समितिलाई वैधानिकता नदिने निर्णय गरेको हो। समूहले विशेष महाधिवेशन नै अवैधानिक भएको दाबी […]