काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्यास बिक्री-वितरणमा अनियमितता भएको गुनासो बढेपछि व्यवसायीलाई कानुनअनुसार मात्र कारोबार गर्न निर्देशन दिएको छ। कार्यालयले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै पहुँच वा चिनजानका आधारमा ग्यास बिक्री-वितरण गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न चेतावनी दिएको हो। कार्यालयका अनुसार विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने डिपो, पसल […]