जब देवलदेवी गर्जिन्छिन्

‘राजमाता’ ममता र दायित्वको आख्यान मात्रै होइन; हर्ष–बिस्मातमा झुल्किरहने पटरानी, धाई, सुसारेहरूको इतिवृत्त हो । पाशुपत क्षेत्र–मृगस्थलीको एउटै डबलीमा एकै दिन भूमि गुप्तदेखि यलम्बर, गुणकामदेवदेखि अरिमल्लसम्म देखिँदा कस्तो होला ? अनि, राज्यवती–वत्सदेवी–नायकदेवी–भुवनलक्ष्मी–कुमुदिनी–राजेन्द्रलक्ष्मीजस्ता इतिहास–पात्रसँगै बाबुराम आचार्य, सूर्यविक्रम …