महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो जिम्मेवारीबाट औपचारिक रूपमा अलग हुने निर्णय गरेसँगै अब नयाँ महान्यायाधिवक्ता नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ । उच्च स्रोतका अनुसार भण्डारीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन् । उनको राजीनामाको कारण औपचारिक रूपमा सार्वजनिक नगरिए पनि पछिल्लो समय विभिन्न कानुनी निर्णयलाई लिएर उनीमाथि तीव्र आलोचना भइरहेको थियो […]