खुशी माया गुरुङ, लमजुङ । लमजुङमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। लमजुङमा खसेको कुल ७५ हजार ४६० मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ३३ हजार ८९८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित […]