नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनको दुई विकल्प अघि सारेका छन् । शुक्रबार पार्टी मुख्यालयमा भएको कार्यसम्पादन समितिको बैठकमा उनले आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने र पुनर्गठन गर्नुपर्ने बताएका हुन् । पार्टीको पुनर्गठन भने विधिसम्मत तरिकाले गर्नुपर्ने उनको भनाइ...