राप्ती प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न उच्च अदालत तुलसीपुरको अन्तरिम आदेशको निरन्तरता

अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिट निवेदनमाथि आज पुस ८ गते दुबै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेशलाई यथावत् राख्ने निर्णय गरिएको हो।