काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टीले आगामी १७ असोजमा केन्द्रीय समिति बैठक बस्ने जनाएको हो। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौँको वनस्थली-चमतीस्थित घण्टीघरमा दिउँसो ३ बजे बस्नेछ। बैठकमा सहभागी हुन पार्टीका सबै केन्द्रीय समिति सदस्यलाई आग्रह गरिएको छ। यद्यपि, बैठकमा छलफल हुने विषय तथा निर्णयका सम्भावित एजेन्डाबारे […]