कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन व्यवस्थापनले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान सवा ९ बजेदेखि खुलामञ्चस्थित तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस गरिनुका साथै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइनेछ। सभापति गगन थापाले राजनीतिक प्रतिवेदन र महामन्त्रीले […]