पाँचकुने तारा चुनाव चिह्न अरू कुनै दललाई नदिन जसपाले गर्यो निर्वाचन आयोगको ध्यानाकर्षण
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो दलको झण्डामा भएको पाँचकुने तारा अन्य राजनीतिक दललाई चुनाव चिन्हका रुपमा प्रयोग गर्ने अनुमति नदिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।