पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न अभियोगमा १८ जना व्यक्तिहरू पक्राउ परेका छन्। तीमध्ये १० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार पक्राउ पर्नेहरुमध्ये केहीको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले धादिङको […]