एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु, तीन लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा भव्य समारोहका बीच हुन लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता–कार्यकर्ता तथा शुभेच्छुक सहभागी हुने अनुमान गरिएको छ। उद्घाटन […]