नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट विभिन्न बैंकिङ सेवामा अनावश्यक शुल्क लिन नपाउने व्यवस्था पुनः स्पष्ट गरेको छ। राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८२ को इजाजतपत्र तथा निर्देशन नं. २०/२०८२ अनुसार खाता खोल्दा, खाता सञ्चालन तथा बन्द गर्दा, चेक जारी गर्दा, ‘स्टप पेमेन्ट’ सेवा, मौज्दात प्रमाणित (ब्यालेन्स सर्टिफिकेसन), पहिलो पटक स्टेटमेन्ट उपलब्ध […]