काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरूबीच सकेसम्म चाँडो एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने र मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे । […]