निर्वाचनमा होमिएका दलहरुले मतदाता तान्नका लागि आकर्षक घोषणापत्र बनाएर सार्वजनिक पनि गरेका छन। घोषणापत्र बनाउने क्रममा दलहरुले पर्यटन क्षेत्रका लागि पनि महत्वाकांक्षी र आकर्षक योजना अघि सारेका छन। हाल भईरहेको आगमनलाई दोब्बर बनाउनेदेखि विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दर वृद्धि गर्ने, हाल भईरहेको बसाई अवधि लम्बाउने, कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदानलाई बढाउनेसम्मका योजना दलहरुको घोषणापत्रमा उल्लेख छ।