ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ ।  अहिले मतदानस्थल भृकुटीमण्डपमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पुगेका छन् । उनी पुग्दा युवाहरूले नाराबाजी लाएर स्वागत गरेका छन् । पोखरेल पुगेर अहिले मतदाताहरूसँग मत मागिरहेको देखिन्छ […]