नैतिकता र इमानदारीलाई प्राथमिकता दिन प्रहरीलाई प्रधानमन्त्रीको आग्रह, अनुसन्धानमा प्रविधि प्रयोग गर्न निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरीलाई नैतिकता, निष्ठा र इमानदारीलाई प्राथमिकता दिँदै कुनै पनि अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। उनले अपराध अनुसन्धान निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिमबाट प्राप्त ज्ञान र सीप व्यवहारमा उतार्न […]