धादिङ । काठमाडौं उपत्यकालाई देशका विभिन्न जिल्ला र मुख्य व्यापारिक नाकासँग जोड्ने पृथ्वी राजमार्गमा पहिरो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–२ छहरेमा खसेको पहिरो र ठूला ढुंगा पन्छाएर सडक खुलाइएपछि राजमार्गमा रोकिएका तथा अलपत्र परेका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। अविरल वर्षाका कारण छहरे, परेवाभीर, कृष्णभीरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि […]