आर्जेन्टिनाका फ्यान डा. मंगल रावलको ‘विश्वकप क्रेज’
डाक्टर मंगल रावल आजभोलि पिएचडीको अध्ययन र सुत्केरी श्रीमतीको स्याहारमा व्यस्त छन्। व्यस्तताका बाबजुद पनि विश्वकप हेर्न भने उनले छुटाएका छैनन्। दैनिक ४ घण्टा मात्र सुत्ने बानी भएकाले रातमा हुने विश्वकप हेर्न उनलाई निद्रा माया मार्नुपर्ने अवस्था छैन।