एपोन अध्यक्ष अधिकारी उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विज्ञान समिति सभापति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को स्वास्थ्य तथा विज्ञान समितिको सभापति पदको जिम्मेवारी नेपाल औषधी उत्पादक संघ (एपोन) का अध्यक्ष एवं महासंघका नवनिर्वाचित कार्यसमिति सदस्य विप्लव अधिकारीले पाएका छन्।