नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ। सोमबार भएको भेटमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा टोली सिंहदरबार पुगेको थियो। छलफलका क्रममा अध्यक्ष उप्रेतीले सरकारको सफल कार्यकालको शुभकामना दिँदै अटोमोवाइल क्षेत्रलाई माथि उठाउन आवश्यक नीतिगत सुधार अपेक्षित रहेको बताए। उनले यस क्षेत्रको विकासले राजस्व वृद्धि तथा […]