काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले सम्पूर्ण खेलभर दबदबा बनाए पनि गोल गर्न असफल रह्यो । खेलमा स्पेनले ७४ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राख्दै केप भर्डेको पोस्टमा निरन्तर आक्रमण गरेको थियो । तर केप भर्डेका गोलकिपर भोजिन्हा […]