अमेरिकाको प्रस्तावमाथि समीक्षा भइरहेको छ : इरान

काठमाडौँ– इरान र अमेरिकाबीच जारी युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न अमेरिकाले अघि सारेको नयाँ प्रस्तावमाथि इरानले विचार गरिरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी प्रस्ताव अझै समीक्षाको चरणमा रहेको र यसबारे आफ्नो अन्तिम धारणा पाकिस्तानी मध्यस्थकर्तामार्फत जानकारी गराइने बताएका छन् । ह्वाइट हाउसले दुवै पक्ष १४ बुँदे समझदारी पत्रको निकै नजिक […]