काठमाडौं । इरानबाट गरिएको ड्रोन आक्रमणका क्रममा जायद अन्तर्राष्ट्रिय विमानस्थल मा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ उक्त घटनामा ज्यान गुमाएका हुन्। युएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक जानकारीअनुसार ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको […]