एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को जनविद्रोह दबाउने प्रयासमा भूमिका खेलेको अभियोगमा मंगलबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। दोषी ठहरिएकामा दुई पूर्वमन्त्री पनि छन्। अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र […]