टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम

टर्की । टर्कीको वार्षिक उपभोक्ता मुद्रास्फीति अगस्ट महिनामा सामान्य घटेर ३१.५१ प्रतिशत कायम भएको छ । अघिल्लो महिना (जुलाई)मा मुद्रास्फीति ३१.७५ प्रतिशत रहेको थियो ।  टर्कीको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार अगस्टमा उपभोक्ता मूल्य अघिल्लो महिनाको तुलनामा १.८४ प्रतिशतले वृद्धि भएको छ ।  योसँगै टर्कीको मूल्यवृद्धि दरमा लगातार तेस्रो महिना गिरावट देखिएको छ । […]