गलकोट– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताएका छन् । बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जलीसभामा उनले कँडेल बिपीको पथमा हिँड्ने निष्ठावान् र इमानदार नेताका रूपमा रहनुभएको उल्लेख गरे । ‘उहाँ सांसद हुनुभयो, कहिल्यै लाभको […]