२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनाव लड्ने घोषणासँगै सर्लाही क्षेत्र नम्बर ४ चर्चामा छ। २०७० सालको संविधानसभा निर्वाचनयताका तीन चुनावमा लगातार जितेको काठमाडौँ ४ छाडेर थापा यसपालि तराई झरेका छन्। मानव विकास सूचकांकमा कमजोर रहेको मधेस प्रदेशमा सर्लाही जिल्लामै सबैभन्दा पिछडिएको क्षेत्रमा पर्छ, थापाले उम्मेदवारी दिएको सर्लाही ४। यो क्षेत्र […]