काठमाडौं– नेपाल टेलिकमले लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरी कम्पनीले सो क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गर्दै यो सेवा विस्तार गरेको हो। काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरूलाई सहज हुने विश्वास […]