भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

बाँके। भ्रष्टाचार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले ६ वर्षपछि आज (सोमबार) कोहलपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले २३ भदौ २०७६ मा अदालतको फैसलाले कैद तथा जरिवाना तोकिएका तीन जनालाई पक्राउ गरी अदालतमा बुझाइएको जानकारी दिए। उनका अनुसार तत्कालीन वडासदस्य कहरसिंह थापा‚ तत्कालीन नासु खिमलाल पाण्डे‚ तत्कालीन सबइन्जिनियर नेत्रविक्रम […]