काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाली साहित्यमा देवकोटाले पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाकै दिन नेपाल, भारतका विभिन्न भूभाग र नेपाली भाषीहरूको बाहुल्य रहेका क्षेत्रहरूमा देवकोटा जन्मजयन्ती मनाउने गरिन्छ । जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्राममा रहेको देवकोटाको शालिकमा माल्यार्पण गरिएको […]