काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउन अनावश्यक सास्ती, दुःख र हैरानी दिई घुस मागिरहेको उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट टोली खटिएको थियो। अख्तियारको […]